दसैँ खर्च जुटाउन भारत पुगेकी सुर्खेतकी सुनिता उतै अस्ताइन्

सुर्खेत । मजदुरीका लागि भारतको उत्तराखण्ड पुगेकी सुर्खेतकी १७ वर्षीया किशोरीको मृत्यु भएको छ । बुधबार राति जिल्लाको बराहताल गाउँपालिका– ८, भट्टेघारीकी सुनिता सुनारको मृत्यु भएको हो । उनी आफन्तसँग निर्माण मजुदरका रुपमा काम गर्न गत ७ साउनमा रोपाइँ सकेर उत्तराखण्डस्थित अलमुढा बजार पुगेकी थिइन ।

स्थानीय मदन भण्डारीका अनुसार गएराति एक्कासि पेट दुख्ने समस्या देखापरेपछि उनलाई अलमुढास्थित एक अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममै उनको मृत्य भएको हो । उनको शव नेपाल ल्याउने तयारी रहेको भण्डारीले बताए ।

आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ छाडेकी सुनिता दसैँ खर्च जुटाउन छिमेकीसँग भारत गएकी थिइन् । बुवाआमाको शारीरिक अस्वस्थताले घर खर्च चलाउन गाह्रो परेपछि उनी भारत गएकी हुन् । खेतबारीको उत्पादनले ६ महिना पनि खान नपुग्ने उनको परिवारको मुख्य आय स्रोत नै दैनिक ज्याला मजदुरी हो ।

सुनिताको मृत्युले उनको परिवारमा सन्नटा छाएको छ । गाउँमै काम नपाएपछि मजदुरी गर्न घर छाडेकी एक मात्र छोरी सुनिताले भारतमै प्राण त्यागेपछि उनका ७१ वर्षीय बुबा कविराम सुनार र उनकी आमा पीडामा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।