१४ लाख हुन्डी रकम सहित २ जना पक्राउ

वीरगञ्ज, ६ भदौ।  विशेष सूचनाका आधारमा पर्सा प्रहरीले १४लाख बढी हुण्डी रकम सहित दुईजना लाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२ घुसुकपुरस्थित इदगाह चोक सडकखण्डबाट श्रोत नखुलेको १४ लाख १३ हजार ५०० रुपैयाँ हुण्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको हो।

बिहीवार साँझ करिब सवा ४ बजे प्रहरीले भारतिय नम्बर प्लेट BR05 AB 7761 र प्रदेश २–०३–००२ प ५५४४ नम्बरका मोटरसाइकल रोकी जाँच गर्दा रकम बरामद भएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले न्युज कारखाना लाई बताएका छन्।

 

पक्राउ पर्नेमा वीरगञ्ज–२ घुसुकपुर निवासी ३९ वर्षीय संजय कुमार साह र बारा महागढीमाई नगरपालिका–४ बगडमपुर निवासी ४१ वर्षीय शनि कुमार ठाकुर रहेका छन्। उनीहरूले मोटरसाइकलमा फल्स सिलिङ बनाई रकम लुकाएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

 

बरामद गरिएको रकममा १हजार दरका नोट १० लाख रुपैयाँ र ५०० दरका नोट ४ लाख १३ हजार ५०० रुपैयाँ रहेको छ।

 

पक्राउ परेकालाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ को दफा १२५(क) बमोजिम हुण्डी कारोबारसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖