बिद्यार्थीको निधनपछि बेलबारी बहुमुखी क्याम्पसमा आज शोक बिदा
बेलबारी । मोरङको बेलबारी ३ मा रहेको बेलबारी बहुमुखी क्याम्पसले आईतबार शोक बिदा दिएको छ ।
स्नातक तह दोस्रो बर्षमा अध्यायनरत बिद्यार्थी २१ बर्षिया पुजा बस्नेतले देहत्याग गरेपछि सोही शोकमा क्याम्पसले बिदा दिएको उल्लेख गरिएको छ ।
उनको मृत्युको बिषयलाई लिएर बिभिन्न अडकलबाजीहरु भईरहेका छन । उनको मृत्युको कारण के थियो र उनले किन मृत्युवरण गरिन ।
यति कलियो उमेरमा उनले किन यस्तो गलत बाटो अपनाईन । उनका परिवार र साथीभाई यतिबेला शोकमा डुबेका छन ।


