नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८२ अन्तर्गत दोस्रो दिनको निरीक्षण भ्रमण सम्पन्न

विराटनगर, भदौ ०९ गते । “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८२” अन्तरगत भदौ ९ गते नेपाल प्रदेश प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय झापा, विपद व्यवस्थापन गुल्म चन्द्रगढी झापा र प्रहरी चौकी बुधबारे मोरङको निरीक्षण भ्रमण सम्पन्न भएको छ ।

“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षण अनुगमनको क्रममा पाल्नु भएका नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. सहितको केन्द्रिय मुल्याङकन टोलीबाट कार्यालय भवन, सम्पूर्ण शाखाहरु, जनशक्ति व्यवस्थापन, अभिलेख व्यवस्थापन, प्रहरी कार्य, प्रशासनिक गतिबिधि, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनि गरिएका नविनतम कार्य लगायत विविध विषयमा निरीक्षण तथा अवलोकन भएको थियो ।

यसै गरी निरीक्षण टोलीले विपद व्यवस्थापन गुल्म चन्द्रगढीद्वारा विपद उद्धार सम्बन्धि प्रदर्शन गरिएको डेमोस्ट्रेसनको अवलोकलन गर्नु भएको थियो भने प्रहरी चौकी बुधबारे मोरङमा स्थानिय जनप्रतिनिधि, नागरिक समाज, बुद्धिजिवि लगायतका महानुभावहरुसंग भेटघाट तथा अन्तरक्रिया समेत गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।