कोशी प्रदेशमा ९७ प्रतिशत धान रोपाइँ

विराटनगर । कोशी प्रदेशभरि ९७ प्रतिशतभन्दा बढी धान रोपाइँ भएकाे छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार भदाै पहिलाे सातासम्म ९७ प्रतिशत राेपाइँ भएकाे हाे ।गत वर्षको साेही अवधिमा ९९‍ दशमलव ६० प्रतिशत रोपाइँ भएको थियाे ।

मन्त्रालयमा अनुसार प्रदेशको १४ जिल्लामध्ये ताप्लेजुङ बाहेक अन्य १३ जिल्लामा ९० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ ।ताप्लेजुङमा भने ८४ दशमलव ६६ प्रतिशत मात्रै रोपाइँ भएको छ, जहाँ ५ लाख ६ सय ६६ दशमलव ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ७ सय ९७ दशमलव ११ हेक्टरमा रोपाइँ भएको हो ।

मन्त्रालयका अनुसार सोलुखुम्बु र ओखलढुंगामा शतप्रतिशत रोपाइँ भएको छ । १ हजार २ सय २५ हेक्टर क्षेत्रफल धान लगाउने खेत रहेको सोलुखुम्बुमा सबै जमिनमा रोपाइँ भएको र ओखलढुंगामा ३ हजार ८ सय ३ हेक्टर क्षेत्रफल रहेकोमा सबैमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

धानको उर्वरभूमि मानिने झापा, सुनसरी र मोरङमा ९५ प्रतिशतभन्दा बढी रोपाइँ भएको छ । धानको अधिक उत्पादन हुने सुनसरीमा ४८ हजार ९ हेक्टर क्षेत्रफलमध्ये ४७ हजार ५ सय २८ हेक्टर क्षेत्रफलमा गरी कूल ९७ दशमलव ६२ प्रतिशत रोपाइँ भएकाे छ ।६९ हजार ८ सय १७ हेक्टर क्षेत्रफलमध्ये मोरङमा ६८ हजार ८ सय १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।झापामा ७५ हजार ४ सय ५९ हेक्टर क्षेत्रफलमध्ये ७२ हजार ७ सय ४२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

यस वर्ष धान उत्पादन सन्तोषजनक हुने अपेक्षा गरिएको छ ।प्रदेशमा कूल २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म २ लाख ६८ हजार ७ सय ६५ दशमलव ८६ हेक्टरमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।