झापामा यसरी जल्यो अलकत्राको ट्यांकर

झापा । मेचीनगर ९ धुलाबारीस्थित भित्री सडक खण्डमा बाटो पिच गर्ने क्रममा भएको आगलागीमा परेर एक जना सख्त घाइते भएका छन् ।

निर्माण कार्यमा खटिएका सिरहा जिल्ला लक्ष्मीपुर पतारी गाउँपालिका ६ का उमेशकुमार राय आगो निभाउने क्रममा घाइते भएका हुन् । उनको अनुहार, दुवै हात र खुट्टामा आगोको रापले पोलेको झापा प्रहरीले जनाएको छ । हाल उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । आगो स्थानीय, सुरक्षाकर्मी, मेचीनगर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति साढे ९ बजेतिर नियन्त्रणमा आएको थियो ।

विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यस सडक खण्डमा सोमबार राति निर्माण व्यवसायी कम्पनी कञ्चन निर्माण सेवाले बाटो पिच गरिरहेको थियो । एक स्थानीयका अनुसार आगलागी तत्काल नियन्त्रणमा आउन सक्ने अवस्था थिएन । जसका कारण दमकल बोलाएर आगलागी नियन्त्रणमा लिइयो ।

अलाकत्राको ट्यांकर चालक सिन्धुली सुनकोशी गाउँपालिका ७ का गणेश दाहाल सकुशल रहेका छन् । ट्यांकर भने पूर्ण रुपमा जलेको छ । क्षतिबारे विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट करिव २० लाखको क्षति भएको कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले बताएका छन् ।-न्यूज संजाल

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖