धरानमा मोरसाइकल र ट्याम्पो जुंझ्दा एक जनाको मृत्यु
सुनसरी । सुनसरीको धरान १४ बिजयपुरमा मोटरसाईकल र ट्याम्पो जुध्दा एक जनाको मृत्यु भएको छ ।
बिजयपुर चौक देखि मास्तिर बुढासुब्बा जाने र नारायणपुर जाने समिको रुख नजिकै को १ ह ६०१९ नम्बरको ट्याम्पो र को ३७ प ७९८६ नम्बरको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकल चालक धरान १४ बस्ने ३२ बर्षिय सन्दिप मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक जीवन कुँवरका अनुसार बिहान १०स्१५ बजे भएको सो घटनामा गम्भीर घाईते मोटरसाईकल चालक मगरलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लानेक्रममा मृत्यु भएको हो ।
ट्याम्पो चालक धरान १४ बस्ने ३१ बर्षिय अबिनास तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


