विराटनगरका मेयर कोइराला र इजरायली राजदूत बासबीच भेटवार्ता

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच बुधबार विराटनगरमा महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तार, नेपाली युवाको सुरक्षा र रोजगारीका अवसरलगायत विविध विषयमा गम्भीर छलफल भएको हो । भेटवार्तामा उपमेयर शिल्पा निराला कार्की र महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलालसमेत सहभागी थिए । वार्ताको केन्द्रमा हाल हमासको कब्जामा परेका नेपाली युवा विपिन जोशीको रिहाईका लागि भइरहेको प्रयास, सूचना प्रविधि तथा कृषि क्षेत्रमार्फत नेपाली युवालाई इजरायलमा रोजगारीका अवसर दिलाउने विषयहरू प्रमुखताका साथ उठाइयो ।

राजदूत बासले विराटनगर महानगर र इजरायलको प्रमुख सहर ‘वीर शिभा’ बीच भगिनी सम्बन्ध स्थापना गर्न पहल भइरहेको जानकारी दिँदै यस प्रक्रियामा आफू गम्भीर रूपमा लागिपरेको बताए । उनका अनुसार, भगिनी सम्बन्ध स्थापनाले दुई शहरबीच सांस्कृतिक, शैक्षिक र प्रविधिक आदानप्रदानलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

सो अवसरमा मेयर कोइरालाले इजरायल–इरान युद्धका बेला इजरायली सरकारमार्फत नेपालीको उद्धार र सुरक्षित स्वदेश फिर्तीमा देखाइएको सक्रियताको प्रशंसा गर्दै राजदूतमार्फत इजरायली सरकारलाई धन्यवाद ज्ञापन गरे । “जुन गम्भीर घडीमा इजरायली सहयोग प्राप्त भयो, त्यसका लागि इजरायल सरकारलाई धन्यवाद दिन चाहन्छु,” मेयर कोइरालाले भने ।

राजदूत बासले विपिन जोशीलगायत हमासको नियन्त्रणमा रहेका नेपालीको रिहाइका लागि इजरायली सरकार उच्च प्राथमिकताका साथ क्रियाशील रहेको जानकारी पनि दिएका थिए । उनका अनुसार यस विषयमा कूटनीतिक तथा अन्तर्राष्ट्रिय मानवीय संयन्त्रहरू सक्रिय गरिएका छन् ।

भेटपछि सलोन सदस्य सोम अधिकारीले जानकारी दिँदै भने, “राजदूत बास वीर शिभा र विराटनगरबीच भगिनी सम्बन्ध स्थापनामा निकै उत्साहित हुनुहुन्छ । उहाँले यसलाई छिट्टै औपचारिकता दिने प्रयत्न भइरहेको बताउनुभयो ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।