कोशीमा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर,भदौ १२ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यतरत प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक सरोज खनाल, इलाका प्रहरी कार्यालय दोहमना मोरङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार बिष्णु पराजुली र प्रहरी जवान समिप सुब्बालाई साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा मोरङ, सुनसरी र झापा जिल्लाको विभिन्न स्थानहरुमा मिति २०८१ साल माघ १५ गते देखि ट्रान्सफर्मरहरु चोरी भएको घटनामा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय रानी, विराटनगरसँग समन्वय तथा सहकार्य गरी मोरङको १० स्थान, सुनसरीको १२ स्थान र झापाको २ स्थानमा गरी जम्मा २४ स्थानमा ट्रान्सफर्मर चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा मिति २०८२ साल साउन ९ गते चोरीमा संलग्न १२ जना व्यक्तिहरुलाई ट्रान्सफर्मर चोरी गर्न प्रयोग भएको विभिन्न औजारहरू र ट्रान्सफर्मरबाट निकालेको ३६८ किलो ५ सय ग्राम तामाको तार सहित पक्राउ गर्न सफल भएको साथै उनीहरुले चोरी गर्न प्रयोग गरेको को.१ च ७७२९ नं. को पिकअप गाडी, विभिन्न कम्पनिहरुको ५ थान मोटरसाइकल, र विभिन्न कम्पनिका १२ थान मोवाइल समेत वरामद गरी चोरीमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन सफल भएको हुँदा आम नागरिकहरुमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट निर्वाह गरेकोले निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०८२ साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरी पुरस्कृत गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।