ताप्लेजुङमा कार्यरत प्रहरी असई इन्द्रबहादुरको शौचालय जाँदै गर्दा लडेर मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा कार्यरत नेपाल प्रहरीका असई इन्द्रबहादुर भुजेलको शौचालयतर्फ जाँदै गर्दा लडेर मृत्यु भएको छ।
आज बिहान करिब ८:१७ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत भुजेल ड्युटी जानुअघि लडेपछि अस्पताल पुर्याइएका थिए। तर उपचारकै क्रममा बिहान ९:५५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
झापा मेचीनगर–१० धुलाबारीका भुजेल कर्मनिष्ठ प्रहरीका रूपमा परिचित थिए। उनकी श्रीमती विनिता शेर्पा पनि असई रहेकी छन् र हाल इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत छिन्।-नीलोपाटीबाट


