चोरी सम्बन्धी मुद्दाकी फरार महिला पक्राउ
काठमाडौं, १३ भदौं । चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुरबाट पक्राउ परेका छन् ।
भक्तपुर नगरपालिका–२ व्याँसी बस्ने ५४ वर्षीया चन्चला भन्ने चेतना वैधलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत भक्तपुरबाट २०८१ माघ ९ गतेको फैसलाले उक्त मुद्दामा ४ महिना कैद र २० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेकी थिइन् ।
तर, उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–९ लिवालीबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।


