तेह्रथुममा प्रधानाध्यापकद्वारा शिक्षकमाथि जातीय भेदभावको आरोप

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–७ स्थित नाम्जाङ आधारभूत विद्यालयमा जातीय भेदभावको गम्भीर घटना सार्वजनिक भएको छ। विद्यालयकी प्रधानाध्यापक तारादेवी खतिवडाले आफ्नै सहकर्मी शिक्षक एलिसा विश्वकर्मामाथि दलित भएकै कारण भेदभाव गरेको पीडित पक्षको आरोप छ।

घटना भदौ ११ गते बुधबार श्रमदान कार्यक्रममा भएको हो। विद्यालयमा भएको खानपिनको क्रममा प्रधानाध्यापक खतिवडाले शिक्षक विश्वकर्मालाई भान्सा आसपास जान रोक्नका साथै खानेकुरा नछुन निर्देशन दिएको अडियो प्रमाणसहित बाहिरिएको छ। उक्त अडियोमा प्रधानाध्यापक खतिवडाले “अनि यहाँ खादैनन् नि त मिस, बुडाबुढीले… तपाईंले जिद्धी गरेर मात्र हुँदैन त मिस” भन्ने भनाइसमेको अडियो सार्वजनिक भएको छ।

शैक्षिक वातावरणलाई समेत कलंकित बनाउने गरी प्रधानाध्यापककै उपस्थितिबाट यस्तो विभेद भएको भन्दै जात व्यवस्था उन्मुलन मोर्चा नेपालले विज्ञप्ति जारी गरी घटनाको तीव्र भर्त्सना गरेको छ। विज्ञप्तिमा सार्वजनिक पदमा बसेको व्यक्तिबाटै यस्तो विभेद हुनु गम्भीर सामाजिक अपराध भएको उल्लेख गर्दै दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही गर्न माग गरिएको छ।-रेडियो आठराई

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖