विराटेश्वर वृद्धाश्रम सेवा समितिलाई सामाग्री हस्तान्तरण

विराटनगर । विराटनगरमा विभिन्न समाजिक कार्य गर्दै आएको एएलसी ब्याच ०५३ समूहले विराटेश्वर वृद्धाश्रम सेवा समितिमा आवश्यक सामाग्री हस्तान्तरण गरेको छ ।

सरस्वती माविबाट ०५३ सालमा एसएलसी दिएका युवाहरुको समूहले शनिबार एक कार्यक्रम आयोजना गर्दै विराटनगर ८ स्थित आश्रमका बृद्धवृद्धालाई खाना खुवाउनुका साथै आवश्यक सामाग्री वितरण गरेको हो ।

समूहका संयोजक सुमन अधिकारीका अनुसार आश्रममा रहेका ६५ जना वृद्धवद्धालाई खानासंगै तन्ना, ऐना, नंग काट्ने सामान उपलब्ध गराएको हो । उनले भने, “सामाजिक कार्य गर्दै आएको यो समूहले मासिक रुपमा संकलन गर्दै आएको रकमबाट नै सामाग्री खरिद गरि आश्रममा रहनुभएका बुवा आमालाई उपलब्ध गराएको हो।”

केहीदिन अघि आश्रममा पुगेर आवश्यक चीजबारे बारे बुझ्दा आश्रमका सञ्चालक जगत अर्यालले ओछ्यानमा लगाउने तन्ना, नेल कट्र र ऐना चाहिएको बताएको अधिकारीले उल्लेख गरे । संयोजक अधिकारीले भने, “हामीले आश्रममा तत्काल आवश्यक पर्ने सामाग्री बुझ्दा उहाँले ती कुरा बताउनु भयो । सोही अनुसार ७० थान तन्ना, एक दर्जन काइयो, एकदर्जन नेल कटर र २ वटा ऐना उपलब्ध गराएको हौं ।”

सामाजिक कार्य गर्दै आएको बताएका संयोजक अधिकारीले ०५३ ब्याचका साथीहरुले विराटनगरभित्र सकारात्मक काम गर्नुपर्ने सोचसहित सामाजिक काममा अघि बढेको बताए ।

सोही क्रममा ३५ हजार रुपैया बराबरको सरसमानसहित सो ब्याचले आश्रममा ६५ जना बृद्धवद्धालाई समेत भोजन समेत गराएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖