झापाको बिर्तामोड स्थित दिवाकर फर्माका सञ्चालक राजबंशी लागुऔषध सहित पक्राउ
झापा । झापाको बिर्तामोड–२ चैतुबारीस्थित दिवाकर फर्माका सञ्चालक किरन कुमार राजबंशीलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
प्रहरी स्रोतका अनुसार राजबंशीको फर्मामा खानतलासी गर्दा Tramadol ३ हजार क्याप्सुल, प्रतिबन्धित औषधि Antikof १ हजार ट्याब्लेट र Pregabalin ३०० क्याप्सुल बरामद गरिएको हो ।
प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको बताइएको छ ।
थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको प्रहरी स्रोतले बताएको छ ।


