सुनसरी र झापाबाट लागू औषध बेचबिखनमा संलग्न फर्मा सञ्चालक सहित २ जना पक्राउ

विराटनगर, भदौ १५ गते । सुनसरी र झापाबाट लागू औषध बेचबिखनमा संलग्न फर्मा सञ्चालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भदौ १३ गते झापाको बिर्तामोड नगरपालिका-२ स्थितमा रहेको दिवाकर फर्माबाट प्रतिबन्धित लागू औषध बिक्री बितरण भईरहेको भन्ने बिषेश सुचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त फर्मामा खानतलासी गर्दा ट्रामाडोल ३ हजार क्याप्सुल र प्रेजेक्स ३ सय क्याप्सुल बरामद भए सगै फर्मा सञ्चालक किरण राजवंशी समेतलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरीले चेकजाँचको क्रममा बा. ४६ प ८४०२ नम्बरको मोटरसाईकल चालक मोरङ बेलबारी नगरपालिका- ४ का ४० बर्षीय इन्द्र बहादुर गुरुङलाई १६ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

पक्राउ परेका उनिहरुको थप अनुन्सधान तथा कानूनी कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।