कोशीमा आर्थिक बर्ष २०८२/०८३ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम सम्पन्न

विराटनगर, भदौ १५ गते । कोशी प्रदेश कार्यालय विराटनगरको सभाहलमा भदौ १५ गते एक कार्यक्रमको आयोजना गरी आ.व. २०८२/०८३ को वार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्‍वर कार्की बीच भएको आ.व. २०८२/०८३ को वार्षिक कार्य सम्पादन सम्झौताको बुँदामा आधारित रही आ.व. २०८२/०८३ को लागी प्रदेश प्रहरी प्रमुख कार्की तथा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरूका साथै प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, नेपाल प्रहरी प्रदेश अस्पताल इनरुवा सुनसरी, विपद व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरू बिच कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा प्रहरी कार्यालयका प्रमुखहरूले वार्षिक लक्ष्य, कार्ययोजना र उपलब्धि मूलक प्रहरी सेवा प्रदान गर्ने साथै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सम्झौता पत्रमा हस्ताक्षर गर्नुका साथै समयमै लक्ष्य पुरा गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।

हस्ताक्षर कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र, कोशी प्रदेश सशस्त्र प्रहरी गण, जिल्ला प्रहरी कार्यालय झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुरका प्रहरी प्रमुखहरू प्रत्यक्षरूपमा सहभागी हुनु भएको थियो भने अन्य जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू भर्चुअल माध्यमद्वारा सहभागी हुनु भएको थियो ।

वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले प्रत्यक्ष तथा भर्चुअल माध्यमद्वारा उपस्थित कार्यालय प्रमुखहरूलाई निर्देशनको क्रममा प्रहरीको सेवालाई चुस्त दुरुस्त बनाउन, योजना र कार्यक्रम समयमै कार्यान्वयन गर्न तथा आम नागरिकले प्रत्यक्ष अनुभव गर्ने गरी प्रहरी सेवा प्रदान गर्न यो कार्यसम्पादन सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्य सम्पादन सम्झौताको सफल कार्यान्वयनका लागि प्रहरी कार्यालयहरूले सक्रियताका साथ कार्यसम्पादन सम्झौतामा उल्लेख भएका वुँदाहरुमा आधारितरही प्रहरी कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल लगायत प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

यस सम्झौता बमोजिम कार्यालय प्रमुखहरूले गरेका कार्यहरूको प्रगति विवरण त्रैमासिक, अर्धवार्षिक र वार्षिक रुपमा कोशी प्रदेश प्रहरी कार्यालयमा पठाउनु पर्ने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।