धिमाल संघ कोशी प्रदेश कमिटीलाई थप जिम्मेवारी, सुझाव संकलनको पहल
उर्लाबारी । नेपाल लोकतान्त्रिक धिमाल संघ, कोशी प्रदेश कमिटीलाई आजदेखि (२०८२ भदौ १४ गते) अतिरिक्त जिम्मेवारी थपिएको छ।
नयाँ जिम्मेवारीसँगै संगठनलाई कसरी सञ्चालन गर्ने र कसरी अझ मजबुत बनाउने भन्ने विषयमा कमिटीले सबैको सल्लाह–सुझाव अपेक्षा गरेको अध्यक्ष नगेन्द्र धिमालले बताएका छन्।
संघले प्रदेशभरका सदस्य, शुभेच्छुक तथा सरोकारवालाहरुलाई सक्रिय सहभागिता जनाउन आह्वान गर्दै संगठन सुदृढीकरणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको जनाएको छ।
कमिटीका पदाधिकारीहरूले संगठनलाई प्रभावकारी र परिणाममुखी बनाउन पारदर्शिता, सहकार्य र निरन्तर संवादलाई प्राथमिकतामा राखिने उनलेे बताएका छन्।


