ताप्लेजुङमा काबेली नदीले बगायो टिपर र स्काभेटर
ताप्लेजुङ । अविरल वर्षापछि काबेली नदीमा आएको आकस्मिक बाढीले सिनाम पावर हाउसमा प्रयोग भइरहेका २ वटा टिपर र २ वटा स्काभेटर बगाएको छ।
अस्थायी प्रहरी चौकी खाम्दिनेका अनुसार खोजतलासका क्रममा पावर हाउसदेखि करिब २० मिटर तल २ वटा स्काभेटर डुबेको अवस्थामा भेटिएका छन् भने टिपरको खोजी कार्य जारी छ।


