ताप्लेजुङबाट दशैंको टिका लगाउन माइती उर्लाबारी आउने क्रममा गत शनिबार जिप दुर्घटनामा परि मनिषा कार्कीको पनि मृत्यु
उर्लाबारी । १५ दिनअघि मात्रै उर्लाबारीकी मनिषा कार्की विवाह बन्धनमा बाँधिएकी थिइन् ।
ताप्लेजुङबाट दशैंको टिका लगाउन माइती उर्लाबारी आउने क्रममा पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको जिप दुर्घटनामा मृत्यु भएको छ । उनीसहित ६ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।
तमोर करिडोर अन्तर्गतको सडक खण्डमा मे १ ज ३०५५ नम्बरको बलेरो जिप करिब ३०० मिटर तल खसेको थियो ।
सो दुर्घटनामा परि साविक उर्लाबारी नगरपालिका उर्लाबारी–२ निवासी २८ वर्षीया कार्कीको मृत्यु भएको छ ।


