मानवसेवा आश्रममा आश्रित आमाबुबा र बालबालिकासँग दशैंको खुसी

विराटनगर । बडादसैंको कोजाग्रत पूर्णिमाको दिन, जब अधिकांश परिवारहरू आफ्नो घरमा आफन्तसँग खुसी साटिरहेका थिए, विराटनगर महानगरपालिका–११ ले भने मानवसेवा आश्रममा आश्रित आमाबुबा र बालबालिकासँग खुसी बाँडेर दशैंको विशेषता थपेको छ ।

विराटनगर–५ मा रहेको मानवसेवा आश्रममा आश्रित रहेका ७० जना आमा र ७ जना बालबालिकालाई वडा नं. ११ को नेतृत्वमा दशैंको टीका र जमरा लगाइदिइयो । साथै उनीहरूलाई मिठो खाना खुवाएर एकछिनका लागि भए पनि परिवारको माया र साथको अनुभूति दिलाउने प्रयास गरिएको थियो ।

वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, वडासचिव सरस्वती ढकाल, वडा नं. ११ का ज्येष्ठ नागरिक कार्य समिति अध्यक्ष अर्जुनकुमार भट्टराई, समाजसेवी पदम श्रेष्ठ, वरिष्ठ पत्रकार यज्ञ शर्मा, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितलगायतले आश्रममा पुगेर आश्रित आमाबुबा र बालबालिकालाई टीका, जमरा लगाइदिए। उनीहरूले मिठो परिकारले भरिएको खाना आफ्नै हातले खुवाउँदै स्नेह र आत्मीयताको भाव साटेका थिए ।

वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले आश्रममा पुगेर टीका जमरा लगाउने कार्यक्रमको उद्देश्य सामाजिक सद्भाव र आत्मीयता फैलाउनु भएको बताए । ‘विभिन्न कारणले परिवार विहीन भई आश्रममा बस्न बाध्य आमाबुबा र बालबालिकालाई पनि बडादसैंको महसुस होस् भन्ने हाम्रो सानो प्रयास हो,’ उनले भने, ‘सामाजिक उत्तरदायित्व निर्वाह गर्न वडा सधैं तत्पर छ ।’

नेउपानेका अनुसार वडाले यसअघि पनि मानवसेवा आश्रममा आश्रितहरूप्रति सहयोग पु¥याउँदै आएको छ । ‘यो एकदिने कार्यक्रम मात्र होइन, हामी निरन्तर यस्ता मानवीय सेवामा लागिरहनेछौं,’ उनले प्रतिबद्धता व्यक्त गरे ।

मानवसेवा आश्रमकी अभियन्ता पार्वती तिवारीका अनुसार हाल आश्रममा विभिन्न उमेरका ७० जना आमा र ७ जना बालबालिका आश्रित छन् । तिवारीले वडाको यो मानवीय पहलले आश्रितमा आत्मबल बढाउने र उनीहरूको जीवनमा एकचोटि फेरि समाजले सम्झेको अनुभूति दिलाएको बताइन् ।

‘आमाबुबाहरूका आँखामा आँसु थिए, तर त्यो पीडाबाट होइन, वडाका प्रतिनिधिहरूको मायाले भरिएको टीका पाएर खुसीको आँसु थियो,’ उनले भनिन्, ‘वडाले दिएको सम्मान उनीहरूका लागि अमूल्य थियो ।’
समाजसेवी पदम श्रेष्ठले यस्तो कार्यक्रमले सामाजिक एकताको सन्देश दिने बताए । ‘हामी जहाँ भए पनि, जसरी भए पनि हामी मानव हौं भन्ने सम्झना गराउने काम यस्तो सेवाले गर्छ,’ उनले भने।

अग्रज पत्रकार यज्ञ शर्माले पनि वडाको प्रयासको प्रशंसा गर्दै अन्य वडाहरूले पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राखे ।

सोही अवसरमा ज्येष्ठ नागरिक वडा कार्यसमितिका अध्यक्ष भट्टराईले वडाध्यक्षसहितका व्यक्तिहरुलाई टीका लगाइदिएका थिए । त्यस्तै भट्टराईले वडाध्यक्ष नेउपानेले टीका र जमरा लगाइदिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।