आमाको मृत्यु भएको बर्षदिन नबित्दै जुम्ल्याहा दाजुभाईको समेत निधन,गाउँ नै शोकमा !

केराबारी । आमाको निधन भएको बर्षदिन नबित्दै मोरङको केराबारी ९ भलुवा घर भइ बेलबारी ३ मा बसोबास भएका जुम्ल्याहा दाजुभाईको १५ दिनको अन्तरमा निधन भएपछि यतिबेला भलुवा गाँउ शोकमा डुबेको छ ।

दाजुभाईको निधन सँगै एउटा रहस्यमय घटना समेत सार्बजनिक भएको छ । आमाको निधन भएपछि घरमा परम्परा अनुसार बिजुवा (धामी) लगाउँदा अब दुई जना भाइ चाहिन्छ भनिएको थियो रे। त्यसबेला दुबैजना जुम्ल्याहा दाजु हरिप्रसाद र भाई हरिचन्द्र लिम्बु विदेशमा थिए ।

दशैं मनाउन दाजु नेपाल फर्किए,उनी घर आएको चार दिनमै निधन भयो। धार्मिक परम्परा अनुसार घर चोख्याउने क्रममा धामीको शरिरमा दाजुको आत्मा आएको र “भाइको धेरै माया लाग्छ, उसलाई पनि साथमा लैजानेछु” भनेपछि पिडामा रहेका परिवार र छिेमकी थप शसंकित बनेका थिए ।

सुन्दा सबैको मन थामिएन, परिवारले विश्वास गर्न पनि सकेनन्, तर केही दिनमै बहराईनमा रहेका भाइको पनि निधन भएको छ । यो घटनाले यतिबेला सबैलाई दुःखद मात्र नभएर अचम्मित समेत बनाएको स्थानीय समाजसेवी पुर्ण राई बताउँछन । मृतक दाजुभाई ५९ बर्षका थिए । -नरेन्द्र बस्नेत/बेतना दैनिक

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।