विराटनगरमा अतिथि साहित्यकारको सम्मानमा भेटघाट तथा सिर्जना वाचन

विराटनगर । काठमाडौंबाट आएका साहित्यकारहरुको सम्मानमा विराटनगरमा स्रष्टा भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

वरिष्ठ कवि उषा शेरचन, विश्वविमोहन श्रेष्ठ र राजेन्द्र शलभको सम्मानमा साहित्यिक भेटघाट तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न भएको हो ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर र इन्द्रमोहन श्रेष्ठ गुठी धनकुटाको संयुक्त आयोजनामा विराटनगरमा भएको कार्यक्रममा अग्रज राजेन्द्र शलभ, विवश पोखेल, मनु मञ्जिल, बद्री भिखारी, दिङ्लाली कान्छो, देवान किराँती, प्रज्वल परालुली, शंकर सुवेदी उत्स, बाबुराम पोखरेल, राजेन्द्र गुरागाईं, भूषण ढुंगेल, गोकुल अधिकारी, लक्ष्मी पोखरेल, मञ्जुश्री गिरी, मीनकुमार नवोदित, दीपा दाहाल, लक्ष्मण नेवटिया, भेषराज पोखेल, प्रयाग न्यौपानेले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।

त्यस्तै हरि कट्टेल, शुभलक्ष्मी लम्साल, मीना श्रेष्ठ, उमेश लुइँटेल, प्रतिमा निरौला, धीरज राई, रोहिणी रसिक, चूडामणि नेपाल अकिञ्चन, लक्ष्मी रायमझी, नानुमैया दाहाल, मदन भण्डारी, अम्विका खरेल उप्रेती, हेमसागर पोखरेललगायतले पनि, कविता, गजल र मुक्तक प्रस्तुत गरेका थिए ।

साहित्यकार प्राध्यापक कविराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ कवि उषा शेरचन, विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, चेतना संरक्षण प्रतिष्ठान विराटनगरकी अध्यक्ष गंगा सुवेदी, साहित्यकार डा. विमला श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, महासचिव गोकुल अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।