विराटनगरमा ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

विराटनगर । विराटनगर महानगरपालिका–३ बरगाछीचोक नजिक आइतबार साँझ भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कञ्चनवारीतर्फबाट भृकुटीचोकतर्फ आइरहेको भारतीय ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकल पछाडि सवार सर्लाही हरिपुर नगरपालिका–१ की ४५ वर्षीया रोहिता अधिकारी कोईराला गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले आइतबार साँझ मृत घोषणा गरेका थिए ।

मोटरसाइकल चालक उनका श्रीमान ५७ वर्षीय विमल कोईराला सामान्य घाइते भई कोशी अस्पतालमा उपचाररत छन् ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖