बेलबारी नगरपालिका बिरुद्ध उच्च अदालतमा मुद्धा

बेलबारी । बेलबारी नगरपालिकाले २०७६ सालमा जारी गरेको शिक्षा ऐन बिपरित शिक्षकको दरबन्दी सहित सरुवा गरेको भन्दै वडा नम्बर १० बलुवाहीमा रहेको धिरनाथ संफूल बिश्वास माध्यमिक बिद्यालयले उच्च अदालत बिराटनगरमा मुद्धा दायर गरेको छ ।

बिद्यालयले एक शिक्षकले आचरण बिपरितको काम गरेको भन्दै कारबाहीका लागि बेलबारी नगरपालिकालाई पत्र पठाएकोमा नगरपालिकाले दरबन्दी सहित कटौति गर्दै उनको सरुवा अन्यत्र गरेदिएको छ । २०८२ साउन ४ गते बिद्यालय ब्यबस्थापन समितिको बैठकले नै निर्णय गरेर माध्यमिक शिक्षक तृतिय (स्थायी) डिल्लीराम सिटौलाले बिद्यालयलाई असर पर्ने काम गरेको भन्दै निज शिक्षकलाई कारबाहीको माग र निज शिक्षकलाई सरुवा गर्नुपर्ने माग सहित नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा पत्रचार गरेको थियो ।

तर नगरपालिकाले उनलाई कुनै कारबाही नगरी बेलबारी ६ को बिरेन्द्र माविमा पदस्थापन गरिएको र बिद्यालयको दरबन्दी समेत कटौति भएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पंकज राजवंशीले बताएका छन । सो बिषयमा पटक पटक नगरपालिकाका प्रमुख लगायत सँग कुरा गर्दा समेत समस्याको समाधान नभएपछि अदालत जानुको बिकल्प नभएको बताएका छन ।

यस बिषयमा बिद्यालयका प्रधानध्यापक पुर्णप्रसाद कोईरालाले नगरपालिका आफैले बनाएको शिक्षा ऐनको धज्जी उडाउँदै मापदण्ड बिपरित शिक्षकको दरबन्दी सहित सरुवा गरेपछि अदालत गुहार्न बाध्य भएको बताएका छन । उनले नगरपालिकाले समस्याको समाधान भन्दा पनि समस्या थप बल्झाएको आरोप लगाए ।-बेतना दैनिकबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।