धनकुटाको सांगुरीगढीमा विद्यालयको स्तरोन्नतिका लागि ‘सिंहकाली मेला–२०८२’ सुरु

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका–९, आहालेस्थित श्री सिंहकाली माध्यमिक विद्यालयको स्तरोन्नतिका लागि संचालन भएको ‘सिंहकाली मेला–२०८२’ को उद्घाटन शनिबार साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले गरेका छन्। मेला मंसिर २० देखि २५ गतेसम्म सञ्चालन हुनेछ।

मेला समितिका अनुसार कार्यक्रमलाई आकर्षक बनाउन विभिन्न खेलकुदहरू राखिएका छन्।

उद्घाटन समारोहमा प्रमुख अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई, विशेष अतिथि महेन्द्र बहुमुखी क्याम्पसका प्रधानाध्यापक डा. जीवनकुमार राई, मेला समितिका अध्यक्ष सन्तोष राई तथा अन्य सम्मानित अतिथिहरूको उपस्थिति रहेको थियो।

समारोहकै क्रममा अध्यक्ष कोष ‘अमशोटी बाँचेदाश राई स्मृति छात्रवृत्ति कोष’ अन्तर्गत रु. २ लाख रुपैयाँको चेक दिलबहादुर राई र डा. जीवनकुमार राईले संयुक्तरूपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रकुमार राईलाई हस्तान्तरण गरेका छन्।

मेला साँगुरीगढी–९, आहालेस्थित मेलाचौर देरालीमा भव्य रूपमा सञ्चालन भइरहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।