धनकुटाको छथर जोरपाटीमा बजार अनुगमन
धनकुटा,१ पुस । धनकुटाको छथर जोरपाटीमा बजार अनुगमन गरिएको छ ।
खाद्य प्रविधि कार्यालय धनकुटाको संयोजनमा छथर जोरपाटी गाउंपालिका ६ का विद्यालय क्यान्टिनहरुको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा खाद्य स्वच्छता कायम गर्न निर्देशन, खाद्य स्वच्छताको ब्रोसर वितरण गरिएको खाद्य प्रविधि कार्यालय धनकुटाले जनाएको छ ।
अनुगमनमा छथर जोरपाटी गापाका उपाध्यक्ष गिता खेवा गुरुंग ,६ न वडाध्यक्ष सहितको टोलीको सहभागिता रहेको थियो ।


