धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ
धनकुटा,२ पुष । धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको महालक्ष्मी नगरपालिका स्थित चित्रेबाट छथर जोरपाची गाउंपालिका ६ का ४६ बर्षिय प्रेम गुरुंग र तेह्रथुमको लालीगुरांस नपा २ का ३१ बर्षिय तुलसी पौडेल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
उनीहरुलाई हिजो(मंगलबार) सांझ शंका लागेर चेकजांच गर्दा ४ सय ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको हो ।
पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


