धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखद्वारा प्रहरी चौकी मुलघाटको निरिक्षण
धनकुटा,२ पुष । धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखद्वारा प्रहरी चौकी मुलघाटको निरिक्षण गरेका छन् ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का र जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरद कुमार थापा क्षेत्रीले धनकुटा नगरपालिका ९ स्थित प्रहरी चौकी मुलघाटको निरिक्षण गर्नु भएको हो ।
भवन,हिरासत कक्ष, लगायत शाखाको निरिक्षण तथा अनुगमन गर्नु भई आवश्यक निर्देशन सम्बोधन पनि गर्नु भएको थियो ।


