नेपाली कांग्रेस धनकुटाको पाख्रीवास नगरपालिका ७ र ८ द्वारा अन्तरक्रिया
धनकुटा । नेपाली कांग्रेस पाख्रीवास ७ र ८ ले शुक्रवार छलफल तथा अन्तरक्रिया गरेको छ । पार्टीको १५ ओैं महाधिवेशन नजिकिदै गर्दा यहाँका स्थानिय नेता कार्यकर्ता सँग छलफल गरेको हो ।
पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ, नेपाली कांग्रेस जिल्ला सचिव जयन्द्र घिसिङ,नगर सभापति प्रेम भण्डारी,उपसभापति गंगादेव राई लगायतको उपस्थितिमा भएको छलफलमा हाल जनप्रतिनीधिहरुले गरेका काम कर्तव्य, विकास निर्माण, पार्टीले गरेका काम, महाधिवेशन प्रतिनिधि छनौट साथै अब गर्नु पर्ने कामहरुको विषयमा छलफल भएको थियो ।
नेपाली कांग्रेस पाख्रिवास नगरपालिका वडा नं ७ का सभापति पूर्ण वहादुर राईको सभापतित्वमा भएको छलफलमा ८ नं वडाध्यक्ष गजेन्द्र राईले वडाबाट गरिएका कामहरुको विषयमा जानकारी गराउनु भएको थियो । सञ्चालन पार्टीका नगर सचिव ईन्दिरा कार्कीले गर्नु भएको थियो ।


