धनकुटाको पाख्रिवासमा स्वास्थ्य गाउँ/शहर सम्बन्धि पैरवी कार्यक्रम सञ्चालन

धनकुटा । धनकुटाकाे पाख्रिवासमा स्वास्थ्य गाउँ/शहर सम्बन्धि पैरवी कार्यक्रम सञ्चालन गरिएकाे छ ।

प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय धनकुटाकाे आयाेजनामा कार्यक्रम आज सञ्चालन गरिएकाे हाे ।
पाख्रिवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा पाख्रिवास आधारभुत अस्पतालका ढाक्टर अंकित शर्माले स्वास्थ्य भनेकाे के हाे ? स्वास्थ्यका पक्षहरु,सर्ने र नसर्ने राेग, राेगहरुकाे राेकथाम,स्वास्थ्य गाउँ स्वास्थ्य शहरकाे तीन चरणिय याेजना प्रक्रिया,मुख्य विषय र महत्वपूर्ण मुद्वाहरु लगायतकाे विषयमा जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रममा नगरका उपप्रमुख नम्रता देउजा, प्रमुख प्रशासकिय अधिकृत सुनिल पाैडेल,नगरकाे १० वटै वडाका वडाध्यक्ष सहित क्लव,विद्यालय,उद्याेग वाणिज्य संघ, स्वास्थ्य स्वयम्सेविका,पालिकाका विभिन्न शाखाका प्रमुख एवं प्रतिनिधिहरुकाे उपस्थिती थियाे । स्वागत मन्तव्य याेजना शाखाका प्रमुख अनिष काफ्लेले राख्नु भएकाे थियाे भने सञ्चालन स्वास्थ्य शाखाका ईशा राईले गर्नु भएकाे थियाे ।

नेपालकाे संविधान २०७२ स्वास्थ्यलाई माैलिक हक र स्थानिय सरकारलाई स्वास्थ्य व्यवस्था गर्न जिम्मेवार दिए अनुसार यसलाई सहज र लक्ष प्राप्तिका लागि याे कार्यक्रम सञ्चालन गरिएकाे जानकारी दिईएकाे छ ।

यसले स्थानिय तहमा स्वास्थ्य समस्या समाधान गर्न थप सहयाेग पुग्ने अपेक्षा राखिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖