धनकुटा सदरमुकामका विद्यालयहरुको २ सय मिटर वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने

धनकुटा,९ पुष । धनकुटाका सामुदायीक तथा नीजि विद्यालयको आसपासमा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको छ ।

धनकुटामा सामुदायीक तथा नीजि विद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रि वितरण भइरहेको गुनासो बढेपछि प्रहरीले आजदेखि मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रि वितरण नगर्न रोक लगाएको हो ।

मंगलबार मात्रै कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेसँगको अन्तरक्रिया कार्यक्रममा धनकुटाका सामुदायीक तथा नीवि विद्यालय आसपासमा मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण हुँदा युवाहरु कुलतमा फस्न थालेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धनकुटाले हिजो साँझदेखि नै माइकिङ गर्दै मदिरा तथा सुर्तीजन्य पदार्थ विक्रि वितरण रोक लगाएको हो ।

प्रहरीले धनकुटा सदरमुकामका विद्यालयहरुको २ सय मिटर वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको छ । साथै प्रहरीले विद्यालयको २ सय मिटर वरपर रहेका पसलहरु अनिवार्य सुचीकृत गर्न पनि आग्रह गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

धनकुटाका सबै विद्यालयका विद्यार्थीले समेत थाहा पाउन् भनेर हिजो साँझ र आज विहानैदेखि माइकिङ गरिएको छ । धनकुटामा लागू औषध नियन्त्रण गर्न विद्यालय तहदेखि नै जनचेतना जगाउन जरुरी रहेकाले आज पनि बिहानैदेखि माइकिङ शुरु गरिएको एसपी थापाले बताउनु भयो । माइकिङ गरेर विद्यार्थी र स्थानीय व्यवसायीहरुले समेत थाहा पाउने छन् ।-स्रोत :धनकुटा एफएम

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖