धनकुटाको भेडेटारमा कांग्रेसले यसरी मनायो मेलमिलाप दिवस
धनकुटा, १६ पौष ।धनकुटा जिल्लाको सागुरीगढी गाउपालिकाको भेडेटारमा नेपाली कांग्रेस सागुरीगढी गापा कार्य समितिले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आज नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पर्यटन बन तथा वातारण मन्त्री षदानन्द मण्डलको प्रमुख आथित्यमा शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पर्यटन बन तथा वातारण मन्त्री मण्डलले वि पी कोईरालाको मेलमिलापको नीति अहिले सान्दार्भिक भएको वताउनु भयो । उहाले अव कांग्रेस भित्र पूर्ण एकता कायम गरेर निर्वाचनमा जानु पर्ने वताउनु भयो । नेपाली कांग्रेस कोशी प्रदेश कार्य समितिका सदस्य नविन किशोर शाक्यले वि पि कोईरालाले देखाउनु भएको बाटो बाट हिडे मुलुकले निकास पाउने वताउन भयो ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले देशमा र कांग्रेस पाटीमा ठूलो संकट आएको वताउदै वि पि को राष्टिय एकता तथा मेलमिलापको निति बाट मात्र देश र कांग्रेस पाटीमा संकटको समाधान हुने वताउनु भयो ।
त्यस्तै क्षेत्रिय सभापती तथा सागुरीगढी गापाका अध्यक्ष जितेन्द्र राईले सवैले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर काम गरेमात्र मुलुकले निकास पाउने वताउनु भयो ।


