साँगुरीगढी–८ खुँडीको कैजले कृषिबजार पाँचौँ हप्तामा प्रवेश, बढ्दो चहलपहल

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ८ स्थित मदनचोक खुँडीमा सञ्चालन हुँदै आएको कैजले साप्ताहिक कृषिबजार पाँचौँ हप्तामा प्रवेश गर्दै थप रौनकपूर्ण बन्दै गएको छ।

स्थानीय किसान तथा व्यवसायीहरूले आफ्नै उत्पादन प्रत्यक्ष रूपमा बिक्री गर्न पाउने उद्देश्यले सञ्चालन गरिएको यस बजारमा लत्ता–कपडा, किचेनका सामानदेखि लिएर विभिन्न सागसब्जी तथा कृषि खाद्यान्न बालीहरूको नियमित किनबेच हुँदै आएको छ।

कृषिबजारमा माछामासु, सुन्तला, कागती, बदाम, एभोकाडो, च्याउ, अकबरे खुर्सानी, करेला, रायो साग, सिम साग, प्याज, आलु लगायतका ताजा तथा स्थानीय रूपमा उत्पादन भएका कृषि उपजहरू उपलब्ध हुने गरेका छन्। स्थानीय उत्पादनलाई प्राथमिकता दिइएकाले उपभोक्ताले उचित मूल्यमा ताजा वस्तु पाउन थालेका छन् भने किसानहरू पनि उत्साहित बनेका छन्।

यस साप्ताहिक कृषिबजारले तातोपानी, तरिटोल, खुँडी, पोक्ला, हर्चुवा, सिर्वानीलगायतका बस्तीहरूसँगै वडा नं. ९ का बान्थे, मलिनबोटे, खर्वनी, बेस्राङ, खयरबोटे, थाप्चुवा लगायत आसपासका बस्तीका स्थानीय बासिन्दालाई दैनिक उपभोग्य वस्तु तथा कृषि सामग्री एकै स्थानमा सहज रूपमा उपलब्ध गराउँदै आएको छ। यसले स्थानीय बजारमा निर्भरता बढाउनुका साथै टाढा बजार जानुपर्ने बाध्यतालाई समेत कम गरेको छ।

कैजले कृषिबजार व्यवस्थापन समितिका अनुसार बजार प्रत्येक बिहीबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ। आगामी दिनमा बजारलाई थप व्यवस्थित बनाउँदै स्थानीय उत्पादनको प्रवर्द्धन, किसान–उपभोक्ता प्रत्यक्ष सम्पर्क र रोजगारी सिर्जनामा योगदान पुर्‍याउने लक्ष्य लिइएको समितिले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।