धनकुटामा महिला अधिकारका लागि राष्ट्रिय अभियानद्वारा संगठन विस्तार
धनकुटा । धनकुटा जिल्लामा महिला अधिकारका लागि राष्ट्रिय अभियानद्वारा संगठन विस्तार गरिएको छ । सो अवसरमा ‘२०८४ मा महिला पहिला अभियान’ अन्तर्गत हस्ताक्षर संकलन अभियान सफलतापूर्वक विहिवार सम्पन्न गरिएको छ ।
जिल्ला समन्वय समिति धनकुटाका उप-प्रमुख सावित्रा राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महिला अधिकार, समानता तथा सशक्तीकरणका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरु ५५ जनाको सक्रिय सहभागिता रहेको थियो ।
अभियानले महिला अधिकारकर्मी पार्वती दाहाल (अमात्य) को अध्यक्षतामा महिला अधिकारका लागि राष्ट्रिय अभियानको धनकुटामा १७ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ ।
महिला अधिकारको संरक्षण र प्रवद्र्धनका लागि संगठनलाई अझ सशक्त बनाउने उद्देश्यले अभियान संचालन गरिएको हो । अभियानले स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास लिइएको छ । कार्यक्रम धनकुटा नगरपालिका उप- प्रमुख भिमादेबी खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । -स्रोत :धनकुटा प्रेस


