साँगुरीगढीको आहालेमा स्थित रत्न मेमोरियल बोर्डिङ स्कुलको १७औँ वार्षिक उत्सव सम्पन्न

हिराराज राई , धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ आहालेमा अवस्थित रत्न मेमोरियल बोर्डिङ स्कुलले आफ्नो १७औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य र हर्षोल्लासका साथ सम्पन्न गरेको छ।

वि.सं. २०६५ सालमा स्थापना भएको यस बोर्डिङ स्कुलमा हाल नर्सरीदेखि कक्षा ६ सम्म पठन–पाठन सञ्चालन हुँदै आएको छ। स्कुलले गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको कारण स्थानीय अभिभावकहरूलाई आफ्ना स–साना बालबालिकालाई सहरका स्कुलमा पठाउनुपर्ने बाध्यता हटेको छ। सुरक्षित, अनुशासित र बालमैत्री वातावरणमा विद्यार्थीहरूले शिक्षा प्राप्त गरिरहेका छन्।

रत्न मेमोरियल बोर्डिङ स्कुलको नाम सञ्चालक तथा निर्देशक भुपाल राईका पिता स्व. रत्नबहादुर राईको नामबाट नामकरण गरिएको हो। निर्देशक राईका अनुसार उहाँका बुबाले कठिन परिस्थितिमा अध्ययन गरी जागिर खाएपछि गाउँकै बालबालिकाका लागि एउटा बोर्डिङ स्कुल सञ्चालन गर्ने इच्छा व्यक्त गर्नुभएको थियो। सोही इच्छालाई साकार पार्ने उद्देश्यले स्कुल स्थापना गरिएको उहाँले बताउनुभयो।

वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीहरूले नृत्य, गायन, कविता वाचनदेखि लिएर कमेडी कार्यक्रमसम्म प्रस्तुत गर्दै उपस्थित अतिथि तथा अभिभावकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। विद्यार्थीहरूको प्रतिभा, आत्मविश्वास र सिर्जनशीलताले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।

कार्यक्रममा रत्न मेमोरियल बोर्डिङ स्कुलका प्रधानाध्यापक कञ्चन बाला राई तथा अन्य सहायक शिक्षिकाहरूले शैक्षिक उपलब्धि, अनुशासन र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई कापी र पेन्सिल पुरस्कार वितरण गरेका थिए।

यस कार्यक्रमले विद्यालय, विद्यार्थी र अभिभावकबीचको आपसी सम्बन्ध मजबुत बनाउनुका साथै गाउँमा शिक्षा क्षेत्रको विकासमा विद्यालयले खेलेको भूमिकालाई उजागर गरेको सहभागी अविभावकहरूको भनाइ रहेको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।