धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम भर्ने म्याद थप
धनकुटा,१ माघ । धनकुटामा निर्वाचन प्रहरीको दरखास्त फारम आवेदन दर्ताको म्याद थप गरिएको छ ।
२ दिन म्याद थप गरी अब माघ ३ गते सम्म आवेदन फारम भर्न सकिने जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
गत पुस २५ गते देखि माघ १ गते सम्म प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ को सुरक्षार्थ निर्वाचन प्रहरीको दरखास्त फारम दर्ता म्याद तोकिएको थियो ।
आज सार्बजनिक बिदाको दिन पनि धनकुटामा फारम दर्ता भइरहेको छ ।


