मोरंगको पथरीमा घरको आँगनमा खेलिरहेका बालकलाई चुइङ्गम दिएर कानबाट लुटियो सुन
मोरंग । मोरंगको पथरीमा घरको आँगनमा खेलिरहेका पाँच वर्षे युसन तामाङको कानमा लगाइएको १ आना तौलको सुनको बेरुवा अज्ञात व्यक्तिले चुइङ्गम दिएर फकाई लु’टेर फरार भएका छन्।
घटना दिउँसो करिब ३:३० बजे भएको हो।
कालो कपडा र टोपी लगाएका लु’टेराले सुन लिएपछि फरार हुँदा क्षेत्रमा त्रास फैलिएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।’


