नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय
काठमाडौ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन १ गतेदेखि लागू हुने गरी नेपाल प्रहरीको राशन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरिएको बताए ।
तर, कति रकम वृद्धि गरिएको भन्नेबारे जानकारी उनले गराएका छैनन् ।

