प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगितामा विजयी हुँदै झापा फाइनलमा

विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगितामा झापा विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

मोरङले शुक्रबार भएको अन्तिम लिग खेलमा सुनसरीलाई ४ विकेटले पराजित गर्दै झापा समुह उपविजेताको रुपमा फाइनलमा प्रवेश गरेको छ । झापाले खेलेको २ खेल १ मा जित १ पराजित हुँदै २ अंककासाथ दोस्रो सथानमा छ भने सुनसरीले खेलेका दुई वटै खेलमा पराजित हुँदै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ । मोरङले झापा र सुनसरीलाई पराजित गर्दै ४ अंकका साथ यस अघिनै फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल शनिबार हुने छ ।

टस हारेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ८३ रनको सामान्य योगफल तयार पारेको थियो । सुनसरीका रविन मण्डलले ४१ रन बनाउँ दा आकास सर्राफले ३८ रनको योगदान दिए । झापाका प्लेयर अफ म्याच सौजनप्रसाद घिमिरेले ४ विकेट लिँदा कप्तान सुजन थपलिया,विपिन महतो र आयुस न्योपानेले १–१ विकेट लिए ।

१ सय ८४ रनको सामान्य लक्ष्य पाएको झापाले ४७ ओभरमा ६ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । झापाकादिपु भुजेलले रन जोड्दा समिर कार्कीले ४७ रन, भुपाल दंगालले ३५ रन र सुजन थपलियाले २३ रन बनाए । सुनसरीका विकल्प आचार्यले ३ विकेट लिँदा भुपाल लुईटेल, रोहन साह र रविन मण्डलले १–१ विकेट लिए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।