झापा,मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जना पक्राउ

विराटनगर, माघ १७ गते । झापा,मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १६ गते झापाको लागु औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-३ केर्खाका राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित,इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङबरक-६ का अनिश राई र सुनसरी धरान-१७ की लिला तामाङको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर, प्रतिबन्धित औषधी ९ ट्याब्लेट सहित र बिर्तामोड-४ का फणिन्द्र विश्‍वकर्माको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले बिराटनगर-१६ स्थितबाट लेटाङ-५ का मनोज परियारलाई ५ ग्राम ९० मिलिग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डागाँबजार बेलबारीले बेलबारी-७ का मनिष मग्रातीलाई प्रतिबन्धित औषधी ६३० ट्याब्लेट सहित पक्रउ गरेको छ ।

त्यसैगरी सुनसरीको धरान-१९ स्थितबाट इलाका प्रहरी कार्यालय धरानले सोही स्थानका सुजन लिम्बुको साथबाट १ ग्राम ४० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका सबै जनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।