मोरङ–१ मा नेकपा उम्मेद्वार लिम्बूको घरदैलो अभियान तीव्र
मोरंग,१७ माघ । मोरङ क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेद्वार कुशल लिम्बूले घरदैलो तथा भेटघाट कार्यक्रम तीव्र पारेका छन्।
चुनावी अभियानअन्तर्गत उनले मिक्लाजुङ गाउँपालिकाका रमिते, मधुमल्ला, टाँडीलगायतका वडाहरूमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आगामी निर्वाचनमा नेकपाको चुनाव चिन्ह तारा मा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।


