झापामा मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्रीको मृत्यु
झापा । झापामा मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ ।
आज साँझ करिब ६:२० बजेको समयमा बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले पैदल यात्री भद्रपुर नगरपालिका–२ निवासी ६४ वर्षीय कुलप्रसाद खरेललाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका खरेललाई उपचारका लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

