झापाको भद्रपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–२ सगरमाथा चोकमा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको ज्यान गएको छ।

भद्रपुर–बनियानी सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा स्थानीय ६४ वर्षीय कुल प्रसाद खरेलको मृत्यु भएको हो। बनियानीबाट पृथ्वीनगरतर्फ आउँदै गरेको मे ७ प २०३४ नम्बरको मोटरसाइकलले हिजो साँझ करिब ६:२० बजे सडकमा पैदल हिँडिरहेका खरेललाई ठक्कर दिएको थियो।

​दुर्घटना लगतै गम्भीर घाइते भएका खरेललाई तत्काल उपचारका लागि ओमसाई पाथीभरा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा राखिएको छ।

​दुर्घटनामा मोटरसाइकल चालक भद्रपुर–६ का २१ वर्षीय अनुराग घोष पनि गम्भीर घाइते भएका छन्। उनको अनुहारमा गहिरो चोट लागेको र मेची प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि ओमसाई पाथीभरा अस्पताल पठाइएको छ।

मोटरसाइकलको पछाडि सवार २१ वर्षीय मन्दिप दंगालको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकललाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।