तेह्रथुमको आठराईमा अटो दुर्घटना, दुई जना घाइते
तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका–४ इवा कालिपा स्थित मध्यपहाडी लोकमार्गको कार्की ट्रनिङमा अटो दुर्घटना हुँदा दुइ जना घाइते भएका छन्।
सोमबार बेलुका करिब ५ः१५ बजे सक्रान्ति बजारबाट वडा नं. ३ हाकुतर्फ जाँदै गरेको प्रदेश १–०३–००१ स ८३३२ नम्बरको अटो अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो।
दुर्घटनामा अटोमा सवार आठराई गाउँपालिका–३ ह्वाकुकी बलमाया गुरूङको बायॉ खुट्टा भॉचिएको छ भने सोही ठाउँ निवासी वर्ष ६० कि फुलमाया लिम्बुको टाउकोमा चोट लागेको र दुवै घाइतेलाई उपचारका लागि झापा स्थित बि एण्ड सी हस्पिटल पठाइएको इलाका प्रहरी चौकी सक्रान्ति बजारका प्र.नि.बिबेक बस्नेतले जानकारी दिनुभयो ।
अटो चालक प्रहरी नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय सक्रान्तिबजारले जनाएको छ।


