मोरङको मिक्लाजुङ स्थित भगवती माध्यमिक विद्यालय परिसरमा रहेको काठ गोदाममा आगलागी
मोरङ । मोरङ जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ७ स्थित भगवती माध्यमिक विद्यालय परिसरमा रहेको काठ गोदाममा आगलागी भएको छ।
मंगलबार राति(बिहान) करिब १ बजे गोदाममा आगलागी भएको स्थानीय बासिन्दाले थाहा पाएपछि खैलाबैला मच्चिएको थियो। आगलागीको खबर पाएलगत्तै उर्लाबारी नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाबाट आएका दमकल, इलाका प्रहरी कार्यालय मधुमल्ला तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो।
दमकल र स्थानीयको संयुक्त प्रयासपछि आगलागी करिब ३ बजे बिहान पूर्ण रूपमा नियन्त्रणमा आएको बताइएको छ।
आगलागीबाट काठ गोदाममा क्षति पुगेको छ । आगलागीको कारण र क्षतिको विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


