मोरङको रंगेलीमा दम्पती मृत फेला

मोरङ । मोरङको रंगेली नगरपालिका–५ धनपट्टीमा एक दम्पती मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानअनुसार श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्महत्या गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब २ बजे २१ वर्षीय मुकेशकुमार मण्डलले आफ्नी २१ वर्षीया श्रीमती अम्बिका कुमारी मण्डलमाथि चक्कु प्रहार गरी हत्या गरेका हुन्। घरेलु विवादका क्रममा कुटपिटपछि चक्कु प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी लीलाराज लामिछानेले जानकारी दिए।

चक्कु प्रहारबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको र त्यसपछि मुकेशले पनि सोही चक्कुले आफ्नै घाँटी रेटी आत्महत्या गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालले बताए।-स्रोत :तेजन खड्का/उर्लाबारी न्यूज

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।