संखुवासभाको खाँदबारी तुम्लिङटार बजारमा अनुगमन

खाँदबारी । जिल्ला प्रशासन कार्यालय संखुवासभाको संयोजनमा सोमबार खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटार बजार क्षेत्रमा बजार अनुगमन गरिएको छ ।

बजारमा बिक्री वितरण भइरहेका उपभोग्य वस्तुको अवस्था बुझ्न तथा व्यवसायीहरूलाई उपभोक्ता हितप्रति सचेत गराउने उद्देश्यले अनुगमन गरिएको हो ।

अनुगमन कार्यक्रममा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय, खाँदबारी नगरपालिका, उद्योग वाणिज्य संघ तथा नेपाल पत्रकार महासंघको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा अधिकांश पसलहरू दर्ता तथा नवीकरण गरिएको र मूल्यसूची स्पष्ट रूपमा राखिएको पाइएको साथै उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने धेरैजसो पेय पदार्थहरू म्याद गुज्रिएको अवस्थामा भेटिएकाले ती सामग्रीहरू जफत गरिएको छ ।

उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यस्ता अनुगमनलाई आगामी दिनमा थप नियमित र प्रभावकारी बनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।-सुरेन शाक्य/खांदबारी एफएम

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।