बालेन पत्नीलाई सादा पोसाकका महिला प्रहरी खटाइएको भन्ने विषयमा मिडियामा आएका समाचारहरू असत्य : झापा प्रहरी प्रमुख खड्का

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहकी पत्नी सविना काफ्लेलाई सादा पोसाकका महिला प्रहरी खटाइएको भन्ने विषयमा मिडियामा आएका समाचारहरू असत्य भएको झापा प्रहरी प्रमुख बसुन्धरा खड्काले स्पष्ट पारेकी छन्।

“उम्मेदवारको पत्नीलाई सिभिल पोसाकमा प्रहरी, त्यो पनि महिला प्रहरी खटाइयो भन्ने कुरा मिडियामा धेरै आयो,” प्रहरी प्रमुख खड्काले भनिन्, “तर यसमा कुनै सत्यता छैन भन्ने कुरा मैले स्पष्ट रूपमा भनिसकेकी छु।”

उनका अनुसार उम्मेदवारलाई निजी सुरक्षा अङ्गरक्षक (पीएसओ–Personal Security Officer) खटाउने निर्णय जिल्ला सुरक्षा समितिको सिफारिस र खतराको मूल्याङ्कनका आधारमा मात्र गरिन्छ। “यदि माग आएर खतराको मूल्याङ्कनपछि पीएसओ आवश्यक ठहरिएमा मात्र खटाइन्छ,” उनले बताइन्।

प्रहरी प्रमुख खड्काले सामान्य अवस्थामा उम्मेदवारको पत्नी घर–गाउँमा हिँडिरहेको समयमा सादा पोसाकका प्रहरी खटाउने व्यवस्था नहुने स्पष्ट पारिन्। “त्यस्तो व्यवस्था न त आवश्यकता पर्छ, न त हाम्रो प्रोटोकलले नै अनुमति दिन्छ,” खड्काले भनिन्।

उनले तथ्यविहीन हल्ला र अपुष्ट समाचारले भ्रम फैलाउने भएकाले सुरक्षासम्बन्धी विषयमा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरिन्।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।