एमाले ओखलढुंगाद्धारा १,१५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

ओखलढुंगा, २२ माघ । प्रतिनिधिसभा निर्वाचनको मुखैमा नेकपा एमाले ओखलढुंगाले व्यापक निर्वाचन परिचालन संरचना तयार गर्दै १,१५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। निर्वाचन जितलाई लक्ष्य गर्दै वडा कमिटी, पालिका कमिटी, जनवर्गीय संगठन, सल्लाहकार कमिटी, जिल्ला कमिटी सदस्य, पूर्व अध्यक्ष तथा सल्लाहकारहरूलाई समेटेर कमिटी गठन गरिएको हो।

निर्वाचन परिचालन कमिटीको संयोजकमा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुनुवार चयन भएका छन्। पार्टीले निर्वाचन अभियानलाई तीव्र र एकीकृत बनाउने उद्देश्यसहित ठूलो संरचनामा परिचालन कमिटी गठन गरेको जनाएको छ।

यसैबीच नेकपा एमाले ओखलढुंगाको जिल्ला संयोजकमा हर्कबोल राईलाई जिम्मेवारी दिइएको छ। २०४६ सालदेखि एमालेमा सक्रिय र संविधानसभा सदस्यसमेत रहेका राईलाई जिल्ला कमिटी बैठकले संयोजक तोकेको हो।

राई २०५४ सालमा गाविस अध्यक्ष, जिल्ला कमिटी सचिवालय सदस्य, उपसचिव र उपाध्यक्षका रूपमा काम गरिसकेका नेता हुन्। उनी यसअघि जिल्ला अधिवेशनमा जिबी खड्कासँग १३ मतले पराजित भएका थिए।

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएको छ। टिकट वितरणपछि असन्तुष्ट बनेका जिल्ला अध्यक्ष जिबी खड्कासहित केही नेता कार्यकर्ताहरू नेकपामा प्रवेश गरेपछि जिल्लामा नेतृत्व रिक्त भएको थियो।

निर्वाचनको मुखमा उत्पन्न परिस्थितिपछि संयोजक तोक्दै पार्टीलाई पुनः संगठित गरिएको एमालेले जनाएको छ। जिल्ला इञ्चार्ज यज्ञराज सुनुवारले भने, ‘टिकट नपाएको झोकमा केही साथीहरू पद खोज्दै हिँड्नुभयो। आवश्यक पदपूर्ति भइसकेको छ। अब एमाले वायुपंखी घोडाको गतिमा दौडन्छ र चुनाव जित्छ।’

एमालेले निर्वाचनपछि जिल्ला अधिवेशन गर्ने पनि जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।