झापामा घाँटीमा सुई रोपेर ६४ वर्षीय ढकालको हत्या
झापा,२३ माघ । झापाको भद्रपुर नगरपालिका–१० धनुषमोडमा सुई प्रहारबाट एक वृद्धको मृत्यु भएको छ।
हिजो साँझ करिब ६:३५ बजे ६४ वर्षीय खेमराज ढकाललाई उनकै घरमा सिरहा विष्णुपुर गाउँपालिका–१ का २६ वर्षीय दिनेश कुमार सिंहले सुईले घाटीमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए।
घाइते ढकाललाई तत्काल उपचारका लागि ओमसाई पाथीभरा अस्पताल, भद्रपुर लगिएकोमा चिकित्सकले साँझ ७:२५ बजे मृत घोषणा गरेका हुन्।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले सुईसहित आरोपीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

